म्याग्दी । जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ।
अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो।
गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी बताएको छ।
‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको बताईको छ ।
प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology