भैरहवा । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्ववकर्माले समृद्धिकाे लागि स्वदेशी उत्पादन निर्यात हुनुपर्ने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघ रूपन्देहीको भेलालाई भैरहवामा सम्बोधन गर्दै नेता विश्वकर्माले विदेशमा श्रम बेचर होइन, स्वदेशी उत्पादन बेचेर मात्रै समृद्धि सम्भव हुने बताए ।
"छिमेकीहरूलाई हामीले हाम्रो उत्पादन निर्यात गर्न सके मात्र देश विकासको बाटोमा अगाडि बढ्छ" उनले भने, "युवा बेचेर विकास सम्भव छैन, यसले देशलाई अर्को अफ्ठ्यारोमा धकेल्छ ।"
सोही अवसरमा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त मल्ल, केन्द्रीय सदस्य नारायण हमाल, रूपन्देही फ्याक्सन इन्चार्ज राजेश बराह लगायतले मजदुरहरूकाे हितमा सरकार रहेकाे बताउदै मजदुरहरूकाे अनिवार्य बिमा तथा समाजिक सुरक्षा काेषकाे स्थापना, मजदुरकाे तलब महङ्गी अनुसारकाे बृद्वि गर्नुपर्ने बताए ।
भेलाले दुर्गा मरासिनीकाे अध्यक्षतामा १५ सदस्य ट्रेड युनियन रूपन्देही चयन गरेकाे छ। जसकाे उपाध्यक्षमा ग्यासुद्विन पठान, सचिवमा प्रभास रिजाल, सहसचिवमा कमल आचार्य, काेषाध्यक्षमा मिना बगाैला लगायत रहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology