देवदह । नेकपा माओवादी निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) देवदह अध्यक्षमा विनिराम सोमै चयन चयन भएका छन् । शनिबार देवदहमा भएको भेलाले सोमैको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि चयन गरेको हो ।
जसको उपाध्यक्षमा राम प्रसाद खड्का र प्रतिक राना, सचिवमा पारस न्यौपाने, सहसचिवमा करण फुल्लेल, कोषाध्यक्षमा शितल केसी रहेका छन् रहेको वाईसिएल देवदहका इञ्चार्ज गोपाल गुरुङले जानकारी दिए।
भेलामा वाईसिएल नेपालका केन्द्रिय सचिव माधव बस्नेत, केन्द्रीय सदस्य सपना रोका, सुशिला जैसी, नेकपा माओवादीका नेताहरू गोविन्द पंगेनी, कल्पना सुवेदी, मोतिलाल ढकाल, गोविन्द ठटराई लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology