विनोद खनाल, बुटवल । नेत्र विक्रम चन्द 'विप्लप' नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज प्रज्ज्वलन सिले सबै उत्पिडित श्रमिक जनताको एकताबाट मात्रै क्रान्तिकारी आन्दोलन सम्भव हुने बताएका छन। नेकपा रुपन्देहीको आयोजना गरेको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रज्ज्वलनले जनताका पक्षमा पार्टी अनवरत लागिरहने बताए।
उनले मधेस समस्या पर्दा पहाडबाट पुर्बमा समस्या पर्दा पस्चिमबाट नेपाली जनताको एकताबद्ध आन्दोलन हुने गरेको बताउँदै हरेक संघर्षमा पार्टी अग्रभागमा रहने बताए। उनले भने, "बोल्न पाउने जस्ता सिमित अधिकारले मात्रै हुँदैन, जनताको जिवनस्तर सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। भ्रटाचारी कालाबजारीहरुलाई कार्बाही नगर्दा सम्म देश बन्दैन। हामीले भ्रष्टहरुलाई कार्बाहि गर भन्दा हामी जेल जानुपर्यो। अहिले भ्रष्टाचारीलाई जेल हाल्न सुरुभएको छ जुन तपाईं हाम्रै आन्दोलनका कारण संभव भएको हो। तेसैले मान्छे बदलेर मात्रै हुँदैन सिस्टम बद्नुपर्छ जसकालागी दलाल संसदीय ब्यबस्था अन्त्य गरेर समाजबाद ल्याउनुपर्छ। तेही भएर ४ दलको समाजबादी मोर्चा गठन भएको हो । अब समाजबाद मान्ने सबै कम्युनिस्ट पार्टीहरु यो मोर्चामा आउन जरुरी छ ।"
नेता प्रज्जवलनले यो ब्यबस्थाले जनतालाई ठगेको तर्क गर्दै बैज्ञानिक समाजबादमा मात्रै सबै समस्या हल हुने ठोकुवा समेत गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज सरद सीले आफ्नो पार्टी जनताका एजेन्डा बाट पछि नहट्ने बताए। भैरहवामा गरेको कुख्यात मिटरब्याजी बिरुद्धको संघर्षबाट ठगहरु अत्तालिएको बताउँदै उनले अबको संघर्ष झन पेचिलो पारिने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology