Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

देवदह जेसिजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

देवदह जेसिजको अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • देवदह जेसिजको अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images

    देवदह । रूपन्देहीको देवदहमा देवदह जेसिजको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल सङ्ग देवदह जेसिज लगायतकाका नवलपरासी रूपन्देही र कपिलवस्तु  क्षेत्रमा रहेका करिव २० जेसिजका पदाधिकारीहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको ।

    images
    images
    images

    कार्यक्रममा अन्तरक्रियाका लागि "वर्तमान अवस्थामा युवा नेतृत्वको अवसर र चुनौती" विषयक शीर्षकमा अन्तरक्रिया भएको थियो। विभिन्न क्षेत्रबाट आएका जेसिजका पदाधिकारीहरूले नेता पौडेललाई सो शीर्षकमा आधारित रहेर विभिन्न प्रश्नहरू गरेका थिए। 

    images
    images
    images

    कार्यक्रममा उपस्थित सबैको प्रश्नको सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले युवाहरूका बिचमा अन्तरक्रिया हुनेगरि कार्यक्रम आयोजना गरेकोमा देवदह जेसिजका वर्तमान अध्यक्ष दुर्गा दाहाल लगायत देवदह जेसिजका सबै पदाधिकारीहरूलाई आभार व्यक्त गरेका थिए। उनले अब राज्यको हरेक निकायमा युवा सहभागिता नहुनेहो  भने समाज रूपान्तरण गर्न असम्भव रहेको बताए। उनले आफू भन्दा पछि आएकासङ्ग यदि क्षमता छ भने आफू जतिनै राजनीतिमा पुरानो किन नहोस् वर्तमान युवा पुस्तालाई अवसर दिनु पर्ने बताए। उनले अबको पुस्तालाई स्पष्ट योजना र भिजन चाहिने हुँदा नीतिसङ्गत हिसाबले काम गरे मात्रै विकास सम्भव रहेकी बताए। 

    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगरप्रमुख एवम् देवदह जेसिजका मानार्थ सदस्य हिरा बहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै आफू देवदह जेसिजको अभिभावक भएर हिँडिरहँदा गर्व महसुस भएकी बताए। देवदह जेसिजले युवाको क्षेत्रमा थुप्रै काम गरेकोमा आभार व्यक्त गरे। उनले हरेक ठाउँ र निकायमा युवाको नेतृत्व हुनुपर्ने बताएका छन्। 

    कार्यक्रम देवदह जेसिजका वर्तमान अध्यक्ष दुर्गा दाहालको अध्यक्षता, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको प्रमुख आतिथ्यता र देवदह जेसिजका महासचिव आनन्द पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह जेसिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।