Logo

२०८३, आश्विन १२गते


images
images

जुम्लाकाे गुठीचाैरमा रक्सी खान लाइसेन्स चाहिने

जुम्लाकाे गुठीचाैरमा रक्सी खान लाइसेन्स चाहिने

images
  • जुम्लाकाे गुठीचाैरमा रक्सी खान लाइसेन्स चाहिने
    images
    images

    जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले लाइसेन्स लिनुपर्ने भएकाे छ।

    images
    images
    images

    रुक्सी सेवन गर्नेले १ भदौ २०८० अगाडि नै मधिरा (रक्सी) सेवन कार्ड लिनु पर्नेछ। गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो।

    images
    images
    images

    गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ। गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउनभित्रै यस्तो कार्ड लिनुपर्ने भएको हाे।

    images
    images
    images

    पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ। रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउनभित्रै गरिसक्न सूचित गरेको छ।

    गाउँपालिकामा अब सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय भन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने छ। रक्सी पसलमा अन्य सामान बिक्रीवितरण गर्न नपाइने भएको छ।

    इजाजत पत्र प्राप्त गरेका बिक्री पसलले आफूले बिक्री गरेको मदिराको अभिलेखसमेत दुरुस्त राख्नु पर्नेछ। मदिरा होलसेलले बिहान ७ बजेदेखि ५ बजेसम्म मदिरा बिक्री गर्न पाउने छन्।

    खुद्रा पसलले सेवनकर्तालाई बेलुका ६ बजेदेखि राति ९ बजेसम्ममात्र रक्सी बिक्री गर्न पाउने गरी नियम तोकिएको छ।

    गाउँपालिकामा लाइसेन्स लिएका रक्सी सेवनकर्ताले दैनिक १८० मिलिलिटर रक्सी वा बियरको हकमा १ बोतल मात्र सेवन गर्न सक्नेछन्।

    रक्सी सेवनको लाइसेन्सको मूल्य वार्षिक ५ सय र नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ। अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ शुल्क लाग्नेछ।

    गाउँपालिकाको नियम नमाने पहिलो पटक १ हजार जरिवाना गर्ने सोही व्यक्तिले पटक-पटक नियम तोडेमा भने हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा उल्लेख छ।

    मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना तर्दै जानुपर्ने समेत सूचनामा जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्सी खान लाइसेन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।