Logo

२०८३, आश्विन १०गते


images
images

ज्योतिष सम्मेलन

बुटवलमा ज्योतिष सम्मेलन हुने, पाँच सय ज्योतिषले सनातन धर्मबारे छलफल गर्ने

बुटवलमा ज्योतिष सम्मेलन हुने, पाँच सय ज्योतिषले सनातन धर्मबारे छलफल गर्ने

images
  • बुटवलमा ज्योतिष सम्मेलन हुने,  पाँच सय ज्योतिषले सनातन धर्मबारे छलफल गर्ने
    images
    images

    बुटवल । बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको जनाईएको छ ।

    images
    images
    images

    विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मेलनमा नेपाल र भारतका गरी पाँच सय भन्दा बढीको सहभागिता रहने छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्वपूर्णसावित हुने बताए।

    images
    images
    images

    सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा. डा. देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

    दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

    ‘‘बढ्दो वैदेशिक यात्रामा ज्योतिषीय योगहरूको प्रभावका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ,’’ न्यौपानेले भने, ‘‘वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न र पञ्चांगको पात्रो बनाउन पनि सहयोग पुग्नेछ ।’’ सम्मेलनमा स्वामिनारायण मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामी लोकानन्दले आर्शिवचन दिने जनाएको छ ।

    दुई दिने सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिए । 

    अहिलेसम्म पाँच सय जनाको सहभागिता सुनिश्चित भैसकेको उनकाे भनाइ छ । धर्मग्रन्थका केही त्रुटी, आशौचको महत्व लगायतका सन्दर्भमा देखिएका समस्या समाधान गर्न सम्मेलन गर्न लागिएको महासंघका उपाध्यक्ष चेतनारायण सुवेदीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्योतिष सम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।