रुरुधाम । रुरुक्षेत्र भित्र पर्ने रुरुधामकाे ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको चर्चा परापूर्वकाल देखि छँदैछ।
धार्मिक महत्त्व त आफ्नै ठाउँमा छ सँगै संस्कृत शिक्षाको इतिहास पनि यहाँको संस्कृत पाठशालाले शुरु गर्छ र त्यसको इतिहास पनि एक शताव्दी नाघि सकेको छ ।
यही संस्कृत शिक्षालाई समुन्नत बनाउन महेन्द्र संस्कृत विश्वविद्यालय ले आफ्नो स्थापनाको तीन वर्ष पछि २०४६ सालमा रुरुधाममा आफ्नो आंगिक क्याम्पसको रुपमा रुरु संस्कृत विद्यापीठ स्थापना गरे सँगै याे नै गुल्मी जिल्लाको पहिलो सरकारी र त्यसमा पनि संस्कृत शिक्षा जस्तो विशिष्टीकृत शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा स्थापित छ ।
तानसेन रिडी तम्घास माेटरबाटाेकाे रातामाट खण्डमा सुविधा सम्पन्न भवन, छात्रावास,कर्मचारी आवासले र ठुलै कम्पाउण्ड भित्र रुरु संस्कृत विद्यापीठका वैभवता देख्न सकिन्छ ।
२०४६ सालमा उत्तर मध्यमा पहिलो खण्डमा २८ जना विद्यार्थी भर्ना गरि कक्षा सञ्चालन गरिरहेकाे विद्यापीठ हाल सम्म आउँदा हजारौं विद्यार्थीलाई उच्च शिक्षा दिन सफल भईसकेकाे छ ।
संस्कृत माध्यमिक विद्यालयबाट प्लस २ पास हुनेहरु सोझै र अन्य सँकायबाट आउनेहरुले सिधै शास्त्री मा अध्ययन गर्न पाइने र यहीँबाट आचार्य, दर्शनाचार्य, विद्यावारिधीका अध्ययन गर्न पाइने सुविधा छ ।
मुख्यतः प्राक्शात्रीका विषय, शास्त्रीय विषय, आधुनिक विषयहरूको समावेशी अध्ययन विद्यापीठ दिँदै आएको विद्यापीठका प्राचार्य खगेश्वर गौतमले बताए ।
विध्यापीठले पुरुष र महिला विद्यार्थीका लागि छुट्टाछुट्टै छात्रावास, गुरुकुलीय मर्यादा मा रहि अध्ययन ,दैनिक रुद्राभिषेक ,सन्ध्यावन्दन आरती नित्यकर्म, कम्प्युटर शिक्षा, डिजिटल पुस्तकालय प्रयोग, संस्कृतका अमूल्य ग्रन्थकाे अध्ययन, याेग र कर्मकाण्डको प्रशिक्षण र छात्रवृत्तिकाे व्यवस्था विध्यापीठले गरेकाे प्राचार्य गौतमले जानकारी दिए ।
पछिल्लो चरणमा संस्कृत शिक्षामा देखिएको उदासीनता लाई चिर्न विद्यापीठले गुरुकुल पद्धतिलाई व्यवस्थित गर्न रुरुक्षेत्र गुरुकुलको अवधारणा अगाडि सारिएको र करिब ६ सय आवासीय विद्यार्थी बनाउने लक्ष्य विद्यापीठको छ ।
गुल्मी र आसपासका स्थानीय तहको समन्वयमा संस्कृत शिक्षा प्रतिको आकर्षण बढाउन पहल शुरु गरिन लागेको विध्यापीठले जनाएको छ ।
परम्परागत शैलीले मात्र संस्कृत शिक्षालाई विकास गर्न नसकिने हुँदा नवीन दृष्टिका साथ विध्यापीठले आफ्ना कार्यक्रम तय गरेकाे प्राचार्य खगेश्वर गौतमको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology