Logo

२०८३, आश्विन ९गते


images
images

काँग्रेस भित्रको एकताले सबै तानाशाह ढल्ने - नेता भरत बस्नेत

काँग्रेस भित्रको एकताले सबै तानाशाह ढल्ने - नेता भरत बस्नेत

images
  • काँग्रेस भित्रको एकताले सबै तानाशाह ढल्ने - नेता भरत बस्नेत
    images
    images

    गुल्मी ।  नेपाली काँग्रेस भित्र भावनात्मक एकता अहिलेको प्रमुख आवश्‍यकता भएको काँग्रेस नेताहरूले बताएका छन । रुरुक्षेत्र गाउँपालिकाकाको  रिडीमा आयोजित नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिकाको  प्रथम अधिवेशन स्थल रुरु संस्कृत विध्यापिठमा  बोल्दै नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य भरत बस्नेतले काँग्रेस भित्रको एकताले सबै तानाशाह ढल्ने बताए  । 

    images
    images
    images

    244361285_1542485922758701_4337764668504126319_n.jpg

    images
    images
    images

     

    images
    images
    images

    पछिल्लो चरणमा रुरुक्षेत्रमा देखिएको काँग्रेस प्रतिको आकर्षणले हामिले विजयको झण्डा फहराउन कसैले रोक्न नसक्ने नेता बस्नेतले ठोकुवा गरे  । आफूलाई   कुनै पदप्रतिष्ठा सम्मान नचाहिएको  मात्र काँग्रेस चाहिएको बताउँदै नेता बस्नेतले यही रुरुक्षेत्रमा नेपाली काँग्रेसकाे झण्डा फहराउने आफ्नो अभिष्ठ भएको बताए  । 

     

    अधिवेशनमा शुभकामना दिँदै रुरुक्षेत्रका  काँग्रेस तथा छायाँ सरकार प्रमुख देवेन्द्र मल्लले काँग्रेस अव गुट उपगुटमा नअल्झिने हो भने काँग्रेसकाे भविष्य उज्ज्वल रहेको बताए  । अधिवेशनमा आफ्नो धारणा राख्दै नेपाली कंग्रेसका युवा नेता तथा रुरुक्षेत्र गाउँपालिका वडा न १ का अध्यक्ष अमूल्य श्रेष्ठले युवाको जोस र पाकाको होसका सम्मिश्रणले नेपाली काँग्रेस बलियो हुने बताए  । 

     

    244177014_175827738009877_4708167042732750815_n.jpg

     

    नेपाली काँग्रेस ग्वादि गाउँ समितिका पूर्व पार्टी सभापति देवेन्द्र मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बाट वडामा निर्वाचित वडा सभापतिहरु  र ग्रामीण क्षेत्रमा रहेर  पत्रकारिता गरिरहेका  सेतोमसीका पत्रकार कृष्ण अन्जानलाई सम्मान गरिएको थियो । अधिवेशनमा रुरुक्षेत्र गाउँ पालिका भित्रका ६ वटा वडाहरूका क्षेत्रिय प्रतिनिधि र वडा सभापति गरि छयानब्बे जना प्रतिनिधि रहेकाे निर्वाचन अधिकृत अनिल श्रेष्ठले बताए  । 

    244044138_266201055415246_3777836494333309297_n.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।