Logo

२०८३, श्रावण ३०गते


images
images

रविको सय दिन :

‘ब्लू बस’ देखि ‘मोबाइल क्लिनिक’ सम्मका ११ कार्यक्रम घोषणा

‘ब्लू बस’ देखि ‘मोबाइल क्लिनिक’ सम्मका ११ कार्यक्रम घोषणा

images
  • ‘ब्लू बस’ देखि ‘मोबाइल क्लिनिक’ सम्मका ११ कार्यक्रम घोषणा
    फाईल फोटो
    images
    images

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सय दिने कार्यक्रम घोषणा गरेका छन्। उप–निर्वाचनमार्फत् चितवन क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफू निर्वाचित भएको एक सय दिन पुरा भएको अवसरमा मतदातप्रति समर्पित गर्दै सय दिने कार्यक्रम घोषणा गरेका हुन्।

    images
    images
    images

    चितवनमा सचिवालय कार्यालयको आजैबाट उद्घाटन गरेका लामिछानेले आफूले निर्वाचनमा बोलेका कुराहरु पुरा गर्न काम गर्दै गरेको र अघि सर्दै गरेको उल्लेख गरेका छन्। योजना बनाउने काम भन्दा पनि अधिकांश कामको सुरुवात भइसकेको उनको भनाइ छ।

    images
    images
    images

    ‘बाचा गरेअनुसार कयौं कुराहरु गर्दैछु, हुँदैछन्,’ सभापति लामिछानले भने, ‘उप–निर्वाचनबाट निर्वाचित भएको एक वर्ष पुरा भएको हुनाले निर्वाचनमा बोलेका कुराहरु अघि सारेको छु। केही कुराहरु महत्वपूण छन्। हुँदैछ, गर्दैछु र योजना बनाएको छु भन्ने भन्दा पनि गरिसके भन्ने काम सुरु भएका छन्।’ उनले आफूबाट इमानदार प्रयास भएको र हुने पनि बताए।

    images
    images
    images

    ‘केही योजना, केही सपना, केही प्रयोग, समग्रमा आफ्ना मतदातालाई गरेका बाचा पुरा गर्ने अभिलाषा र संकल्प, कति  प्रभावकारी होलान् कति हावादारी भैदेलान्, आलोचना र तारिफको पर्वाह नगरि गरिएको  कोशिश,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चितवन– २ का मतदातामा समर्पित आजको १०० दिने कार्यक्रम।’

    यस्ता छन् उनले घोषणा गरेका ११ कार्यक्रम

    ‘ब्लू बस’

    लामिछानेले सय दिने घोषणामा ब्लू बसको अवधारणा अघि सारेका छन्। यस बस महिलाका लागि निःशुल्क हुने बताइएको छ। यो बस चितवन क्षेत्र नम्बर २ का विभिन्न रुटमा चल्ने गरी महिलाका लागि निःशुल्क उपलब्ध हुने बताइएको छ। यसका लागि पहिलो चरणमा पाँच सय महिलाहरुलाई निःशुल्क यातायात कार्ड वितरण गरिएको लामिछानेले उल्लेख गरेका छन्।

    ‘१०० बढी रोजगारीको व्यवस्था’

    सभापति लामिछानेले निर्वाचनको समयमा आफुले फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि रोजगारीको व्यवस्थाको घोषणा गरेका थिए। जसलाई आधार बनाएर उनले ‘बिना ढेउवा के’ शिर्षकमा अहिलेका लागि १०० बढी रोजगारी खोजिएको उल्लेख गरेका छन्। साथै छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने पनि लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन्।

    ‘सार्वजनिक सुनुवाई’

    रास्वपा सभापति लामिछानेले चितवनमा भदौ १० गते प्रथम सार्वजनिक सुनुवाई कार्यक्रमको घोषणा गरेका छन्। उनले हरेक चार चार महिनामा सार्वजनिक सुनुवाई गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

    ‘नमुना विद्यालय’

    लामिछानेले दुई विद्यालयलाई प्रविधिमैत्री (नमुना विद्यालय) बनाएको पनि उल्लेख गरेका छन्। उनले चितवन क्षेत्र नम्बर दुईमा पर्ने श्री रामनगर माध्यामिक विद्यालय र श्री चतुर्मुखी माध्यामिक विद्यालयका कक्षा ११ र १२ लाई पहिलो चरणमा नमुना बनाइएको बताएका छन्। साथै विस्तारै अर्को एक विद्यालयलाई पनि नमुना विद्यालय बनाउने लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।

    ‘स्वस्थ चितवन’

    लामिछानेले आफ्नो सय दिने कार्यक्रममा पाँच लाख बराबरको स्वास्थ्य बिमा चितवन क्षेत्र नम्बर दुईका विपन्न परिवारका लागि भनेर घोषणा गरेका छन्। उनले सुरुवातमा एक सय जना विपन्न परिवार छनोट गरी यो पोलिसी वितरण गरिएको समेत उल्लेख गरेका छन्।

    ‘आवासीय नमुना स्कुल’

    लामिछानेले चितवको इच्छाकामना स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्तरोन्नति र नमुना बनाउने कार्य सुरु गरेको पनि बताएका छन्। कक्षा सात सम्मको यस विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नति गर्नुका साथै आवासीय बनाउने कार्यको सुरुवात गरिएको उनले सय दिने कार्यक्रममा उल्लेख गरेका छन्।

    ‘चितवन क्लब’

    लामिछानेले सय दिने कार्यक्रममा चितवन क्लब पनि उल्लेख गरेका छन्। यसबाट विदेशमा बस्ने चितवनवासीलाई एकजुट भएर गरेका काममा हातेमालो गर्न चितवन क्लब बनाउन लागेको उनले उल्लेख गरेका छन्।

    ‘हेलो रवि’

    रास्वपा सभापति लामिछानेले गुनासोको उचित व्यवस्थापन गर्न ‘हेलो रवि’को सुरुवात गरेका छन्। कार्यालयमा गएर वा अनलाइनमार्फत् या फोनमार्फत् यसमा गुनासा तथा सुझाव टिपाउन सकिने उनले बताएका छन्। गुनासा या सुझावको कार्यान्वयन जानकारी अनलाइमै रहेने उनले बताएका छन्।

    ‘वृक्षारोपण’

    लामिछानले सय दिने कार्यक्रममा वृक्षारोपणलाई पनि उल्लेख गरेका छन्। गएको वैशाख १० गतेको उप–निर्वाचनमा उनले प्राप्त गरेको ५४ हजार १ सय ७६ मतबराबरका फलफूल र जडीबुटीका विरुवा रोप्ने योजना सुरुवातको घोषणा उनले आज अघि सारेका हुन्। प्रत्येक मतदाताको नाममा कम्तिमा एउटा विरुवा रोपिने उनको भनाइ छ।

    ‘प्राकृतिक विपत्तिमा र्यापिड एक्सन टिम’

    लामिछानेले हरेक वर्षाको याममा बाढीपहिरोले मुङलिन –नारायणगढ सडक खण्ड आक्रान्त हुने गरेको उल्लेख गर्दै नागरिकलाई बाढीपहिरोको विपत्तिबाट जोगाउन र्यापिड एक्सन टिम चनाखो भएर खटिने घोषणा गरेका छन्।

    ‘मोबाइल क्लिनिक’

    रास्वपाका सभापति लामिछानेले घोषणा गरेको अर्को कार्यक्रम हो ‘मोबाइल क्लिनिक’। उनले यसमा ६५ वर्षभन्दा माथिका मानिसलाई निःशुल्क स्वास्थ्य सेवा सुरुवातको घोषणा गरेका हुन्। यसबाट हरेक दिन नयाँ नयाँ टोल पुगेर प्राथमिक उपचार दिइने बताइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।