Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने काँग्रेस केन्द्रीय कार्यालयमा

गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने काँग्रेस केन्द्रीय कार्यालयमा

images
  • गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने काँग्रेस केन्द्रीय कार्यालयमा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

    images
    images
    images

    श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो ।

    images
    images
    images

    यस क्रममा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुगेर दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको पार्थिव शरीरमा यस अघि सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका थिए । 

    images
    images
    images

    वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिस अस्पतालमा निधन भएको थियो ।

    श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

    श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।