कृष्ण अन्जान, नवलपरासी । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिम अन्तरगत प्रतापपुर गाउँ संगठन समिति गठन गरिएको छ ।
प्रतापपुर–९ खैरेनीमा बुधवार सम्पन्न एकता अधिबेशन, प्रशिक्षण तथा बैठकले कमलको संयोजकत्वमा १३ सदस्सीय प्रतापपुर गाउँ संगठन समिति गठन गरेको हो । समितिको सहसंयोजकद्वयमा अर्जुन र बिशाल रहेका छन ।
अधिबेशन उद्घाटन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले पार्टीले बर्गसंर्घष उठान गर्नका लागि तयारी गरिरहेको बताए। अर्का महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले क्रान्तिकारीहरु ब्यवहारमा संसदवादीहरु भन्दा फरक हुने बताउदै पार्टीले जनताको पक्षमा काम गर्ने उद्घोष गरे ।
कार्यक्रममा जिल्ला सल्लाहकार समितिका सदस्यहरु ज्योति,अबोध र मदनले अनुभुतिजन्य भनाई राख्दै पार्टीले संर्घषलाई जोड दिदै बर्गीय मुक्तिका लागि पहलकदमी लिनुपर्नेमा सुझाव राखे। उनले मधेश क्षेत्रमा अझै सामन्तवाद ब्याप्त रहेको बताउदै आन्दोलनलाई पुर्नसंगठित गर्ने पार्टीको योजनामा आफूहरुको साथ रहने जानकारी दिए ।
कार्यक्रममा प्रदेश सल्लाहकार तथा प्रतापपुर ईन्चार्ज अनिलले प्यानल प्रस्तावका साथै बधाई मन्तब्य र उद्धेश्यले परिपत्रवाचन गरेका थिए ।
यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी(बसुप)ले नागरिकता बितरण प्रति चाँसो ब्यक्त गर्दै ईलाका प्रशासन कार्यालय सेमरीमा पुगेर जानकारी लिएको छ ।
जिल्ला ईन्चार्ज संकल्पको नेतृत्वमा पुगेको पार्टीको टोलीले नागरिकता बितरणमा भइरहेको ढिलाई तथा कानुनी झन्झट र जनताको गुनासोहरुलाई कार्यालय प्रमुख संग राखेर जानकारी लिएको हो । सो अवसरमा कार्यालयको तर्फबाट शाखा अधिकृत सन्दीप लामिछानेले कार्यालयबाट कुनै आर्थिक लेनदेन नभएको बताउदै नागरिकहरुको काममा कुनै पनि कसर बाँकी नराखेको जानकारी गराएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology