Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

'तोकेभन्दा बढी मलको मूल्य लिने सहकारीलाई कारबाही हुन्छ' – नगरप्रमुख खरेल

'तोकेभन्दा बढी मलको मूल्य लिने सहकारीलाई कारबाही हुन्छ' – नगरप्रमुख खरेल

images
  • 'तोकेभन्दा बढी मलको मूल्य लिने सहकारीलाई कारबाही हुन्छ' – नगरप्रमुख खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले सहकारीले किसान बाट मल बिक्री गर्ने बहानामा बढी रकम लिएको पाइएमा कारवाही गरिने बताएका छन् ।

    images
    images
    images

    नगरपालिकाद्वारा आयोजित रासायनिक मल बिक्रेता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख खरेलले सो कुरा बताएका हुन्। उनले किसानलाई सहज गराउनका लागि रासायनिक मल समानुपातिक रुपमा सबैलाई वितरण गरिएको बताए । कुनै पनि सहकारीले किसान बाट मल बिक्री गर्ने बहानामा बढी रकम लिएको पाइएमा कारवाही समेत हुने उनले बताए । सहकारी वा बिक्रेताले अनुदान मल वितरण व्यवस्थापक निर्देशिकाले तोकेको भन्दा बढी रकम नलिइ सर्वसुलभ ढङ्गले किसानलाई मल उपलब्ध गराउन आग्रह गरेका छन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख एवम् स्थानीय तह मल वितरण समितिका संयोजक विद्यालक्ष्मी गुरुङले सबै सहकारी मिलेर मल वितरण प्रक्रियालाई एकरूपताका साथ अगाडि बढाउनु पर्ने बताइन। उनले देवदह नगरपालिका भित्र पारदर्शी रुपमा मल वितरण गरेका सहकारीलाई धन्यवाद व्यक्त गरिन। उपप्रमुख गुरुङले मलको जथाभावी मूल्य चलाएकाहरुलाइ सचेत गराएर सुधार गर्ने मौका दिइएको बताइन । 

    images
    images
    images

    देवदह नगरपालिका भित्र रासायनिक मल बिक्रीवितरण गर्ने १५ सहकारी सँग सो अन्तरक्रिया गरिएको हो। कार्यक्रममा मल बिक्रेता सहकारीका प्रतिनिधिहरूले वर्तमान अवस्थामा मल बिक्रीवितरणमा देखिएको समस्या र चुनौतीलाई लिएर देवदह नगरपालिकालाई विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए। 

    कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका सहकारी मध्य मल वितरक १५ सहकारीलाइ दिएको मलको विवरण सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहकारी संघ रूपन्देहीका अध्यक्ष टीका गौतम, बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीका उपाध्यक्ष मोतिलाल ढकाल, अनुग्रह कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन खनाल, विभिन्न सहकारीमा आबद्ध व्यक्तित्व सरला सुवेदी, अजय रौनियार, दल बहादुर बिर्कट्टा, जित बहादुर पाइजा, चक्रपाणी न्यौपाने लगायतले आफ्नो मन्तव्य तथा प्रश्न राखेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।