Logo

२०८३, कार्तिक २५गते


images
images

स्थानीय तह

देवदहको बजार अनुगमनमा कडाइ, तराजु र अवैध तरकारी नियन्त्रणमा

देवदहको बजार अनुगमनमा कडाइ, तराजु र अवैध तरकारी नियन्त्रणमा

images
  • देवदहको बजार अनुगमनमा कडाइ, तराजु र अवैध तरकारी नियन्त्रणमा
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकाले देवदह भित्र रहेका हाटबजारहरुको अनुगमनमा कडाइ गरेको छ। सोमबार देवदह नगरपालिका वडा नं ७ मा रहेको सोमबारे हाटबजारमा देवदह  नगरपालिका, उद्योग व्यापार संघ र उद्योग व्यापार सङ्गठन र देवदह प्रहरी चौकीको संयुक्त टोलिले सो बजार अनुगमन गरेको हो। 

    images
    images
    images

    अनुगमन गर्ने क्रममा हाटबजारमा ठगी भएको भन्दै निषेध गरिएको किलोकाँटा तराजु पुनः केही व्यापारीले प्रयोग गरेको पाइएपछि सो तराजु प्रहरीले नियन्त्रणमा लिएको हो । 
    बिना बिल ल्याइएका तरकारी सहित दुइजना व्यापारी र उनिहरुका मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

    images
    images
    images

    नगरपालिकाले दैनिक रुपमा प्रयोग हुने उपभोग्य वस्तुहरुलाइ ढाकेर राख्ने र प्याकेजिङ्ग्मा मात्र बेच्न व्यापारीहरुलाइ आग्रह गरेको छ। सो क्रममा खुला रुपमा विभिन्न खाद्य वस्तु बेचिरहेका व्यापारीहरुलाइ नगरपालिका बिल भर्पाइ र खाद्य वस्तुको मिति जाँच गरि वस्तुलाइ प्याकेजिङ्ग गरेर मात्र बेच्न आग्रह गरेको हो । 

    images
    images

    सोमबारे हाटबजारमा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल, बजार अनुगमन समिती संयोजक कृष्ण प्रसाद अधिकारी, देवदह नगरपालिका वडा नं ४ का वडाध्यक्ष दमननाथ रेग्मी,  बजार अनुगमन समितीका सदस्य सचीव गङ्गा पन्थी, उद्योग व्यापार संघका देवदहका अध्यक्ष कोष बहादुर गुरुङ्ग, उद्योग व्यापार संगठन देवदहका उपाध्यक्ष अमृत कुमार फुलेल लगायत बजार व्यवस्थापन समितीको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदहको बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।