देवदह । आँखा पाक्ने रोग फैलिएपछि देवदहका पाँच सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका छ्न्।
देवदहको केरवानी माध्यामिक विद्यालय, सिक्टहन मा वि, खड्ग मा वि, सेभेन स्टार बोर्डिङ र साइबाबा विद्यापिठले सोमबार सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।
विद्यार्थीमा आँखाको समस्या बढ्दै जादा पठनपाठनमा समस्या आएको भन्दै केरवानीले श्रावण २३,२४ गरि दुई दिन, सिक्टहनले श्रावण २३ देखी २६ चार दिन, खड्गले श्रावण २३ र २४ दुई दिन, सेभेन स्टारले श्रावण २३ र २४ दुई दिन र साइबाबाले २३,२४ र २५ गरि तीन दिनसम्म विद्यालय बन्द रहने जनाएका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology