Logo

२०८३, आश्विन १२गते


images
images

नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा सिआइबीद्वारा पक्राउ

नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा सिआइबीद्वारा पक्राउ

images
  • नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा सिआइबीद्वारा पक्राउ
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्माकै निवास गल्फुटारबाट पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुबेर कडायतले भने आफूले पनि त्यसबारे थप जानकारी लिन खोजिरहेको बताए । यसअघि सांसद शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।

    images
    images
    images

    शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत साउन १० गते संसद बैठकमै उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद सुनिल शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।