Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित

विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित

images
  • विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित
    images
    images

    काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

    images
    images
    images

    सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको हो । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

    images
    images
    images

    शुक्रबार सिंहदरबारमा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबीचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी दिए ।

    images
    images
    images

    यसअघि प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना, हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विधेयकको मस्यौदामा सात बुँदे सुझाव सार्वजनिक गरेका थिए । उनीहरुले आफूहरुको माग सम्बोधन नभएमा २८ गतेदेखि देशभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।