Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली समाज अझै पनि पितृसत्तात्मक छ : नगर उप-प्रमुख गुरुङ

नेपाली समाज अझै पनि पितृसत्तात्मक छ : नगर उप-प्रमुख गुरुङ

images
  • नेपाली समाज अझै पनि पितृसत्तात्मक छ : नगर उप-प्रमुख गुरुङ
    images
    images

    राहुल देव सापकोटा, देवदह । हाम्रो नेपाली समाज अझै पितृसत्तात्मक रहेको देवदह नगरपालिकाका नगरप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताएकी छन । शुक्रबार देवदहमा आयोजित एक कार्यक्रममा बोल्दै नगरउप्रमुख गुरुङ्गले सो कुरा बताएकी हुन ।

    images
    images
    images

    शुक्रबार देवदहको पाठक फुडल्यान्डमा लुमन्ती आवासका लागि सहयोगी समुहको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालक्ष्मी गुरुङ्गले महिलाले सबैखाले पीडा सहिरहनु पर्ने र आफ्नो आर्थिक अवस्था सबल बनाउन नसक्दा धेरै समस्या हुने भन्दै महिलाहरू आफ्नो आर्थिक सबलताका लागि उद्दममा जोडिनु पर्ने बताइन । उनले विभिन्न संस्थाले आयोजना गरेको तालिममा सहभागी भएर तालिम लिनु मात्र ठूलो कुरा नभएकी बताइन । तालिमलाई आफ्नो जीवनमा कार्यन्वयन गर्नु नै तालिमको सार्थकता रहेको उनको भनाइ छ । उनले देवदहका महिलाइहरुलाइ अझ सशक्त बनाउन सहयोग गरेको भन्दै सो संस्था र आयोजकलाई धन्यवाद व्यक्त गरिन। कार्यक्रम र संस्थाको बारेमा जानकारी गराउँदै लुमन्ती आवासका लागि सहयोगी समुहका व्यवस्थापक सोबिना लामाले देवदह नगरपालिकामा आफुहरुलाइ स्थान दिएर देवदह क्षेत्रमा काम गर्न दिएकोमा आभार व्यक्त गरेकी थिइन ।

    images
    images
    images

    कार्यक्रम लुमन्ती आवासका लागि सहयोगी समुहको व्यवस्थापक सोबिना लामाको अध्यक्षता, देवदह नगरपालिकाका नगरउप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र बुटवल उपमहानगरपालिका वडा नं ३ मा रहेको नाग मन्दिर आमासमुहका अध्यक्ष दुर्गा पाण्डेको स्वागतमा सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।