देवदह । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह शैक्षिक हवको रुपमा विकास हुदै गएको बताएकी छन् । मंगलबार नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) देवदह नगर समितिको आयोजनामा भएको ट्राफिक सचेतना तथा विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले देवदह शिक्षाको केन्द्र बन्नेमा आफु विश्वस्त रहेको बताईन् ।
देवदहको शैक्षिक विकासमा नीजि विद्यालयहरुको महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राज्यले सामुदायिक विद्यालयमा गरेको लगानी अनुसार सन्तोषजनक परिणााम आउन नसकेको बताईन् । सामुदायिक विद्यालयले संस्थागत विद्यालयले गरेको कामको अनुसरण गर्न आवश्यक रहेको जिकिर गर्दै उनले देवदहलाई नमुना नगरको रुपमा विकास गर्न देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरिन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) देवदह नगरका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, प्याव्सन रुपन्देहीका सहसचिव बोधराज गौडेल, सदस्य महेश पराजुली, प्याव्सन देवदहका सचिव कृष्णप्रसाद गैरे, कोषाध्यक्ष टिकाराम चापागाई लगायतले विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयको सवारी साधन संचालन गर्ने चालक र सहचालकलाई ट्राफिक सचेतना गरिएको थियो ।
ट्राफिक नियमको पालन गरे दुर्घटना न्यूनिकरण गर्न सकिने भएकोले सवारी चालक र सहभालकलाई ट्राफिक सचेतना गराईएको प्याव्सन देवदहका अध्यक्ष गुरुङ्गले बताए ।
कार्यक्रममा विष्णुप्रसाद देवकोटा र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक ओमप्रकाह वाग्लेले सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology