Logo

२०८३, आश्विन १०गते


images
images

बुद्ध पब्लिक स्कुलको विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न 

बुद्ध पब्लिक स्कुलको विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न 

images
  • बुद्ध पब्लिक स्कुलको  विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न 
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा रहेको बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ। कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई विद्यालय सँगै सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गरेका हुन ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले आफ्नो आगामी यात्राको लागू बुद्ध पब्लिक आवासीय माविमा सफलताको शुभकामना व्यक्त गरेका थिए। उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक जगतमा नाम कमाएको बुद्ध पब्लिक अझ उज्ज्वल बनाउन विद्यार्थीको मुख्य भूमिका रहने उनको भनाइ छ । जीवनका उकाली ओरालीहरू कष्टकर पनि हुने र रोमान्चित पनि हुने भन्दै हरेक परिस्थितिमा अध्ययनलाई अगाडि बढाइ राख्न सुझाव व्यक्त गरेका थिए।

    images
    images
    images

     अहिले को कक्षा १२ कलेज नभएर माध्यमिक तहको शिक्षा रहेको बताउँदै नगरप्रमुख खरेलले सिकाइलाई प्रमुख बनाएर अगाडि बढ्न सुझाव व्यक्त गरेका थिए। विद्यार्थीको यो समय चौतर्फी आफ्नो विकास गर्ने समय रहेको र आफ्नो भबिस्यलाई विशेष ध्यान दिन आग्रह गरेका छन । कार्यक्रम २०७९ सालको कक्षा ११ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विद्यालय सम्मान गरेको थियो । 

    images
    images
    images

    कार्यक्रम बुद्ध पब्लिक आवासीय मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी विद्या सापकोटाको अध्यक्षता, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, शिक्षक विराट भुसालको स्वागत, विद्यार्थी सिजन न्यौपाने र सुधा खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।