Logo

२०८३, आश्विन १०गते


images
images

आन्दोलित भए शिक्षक, महासंघको नेतृत्वमा पालिकामा धर्ना 

आन्दोलित भए शिक्षक, महासंघको नेतृत्वमा पालिकामा धर्ना 

images
  • आन्दोलित भए शिक्षक, महासंघको नेतृत्वमा  पालिकामा धर्ना 
    images
    images

    राहुलदेव सापकोटा, देवदह । नेपाल सरकारले ल्याउन लागेको नयाँ  शिक्षा ऐन २०८० मा नेपाल शिक्षक महासंघसंग विगतमा गरिएका सहमतिका बुँदा समावेश नगरीएको भन्दै शिक्षक महासंघले देशका पालिकाहरू धर्ना दिएको छ। नेपाल शिक्षक महासङ्घ र सरकारबिच पटक पटक भएका ५१, २० र ७ बुँदे सम्झौतालाई सम्बोधन नगरी आउन लागेको शिक्षा ऐनले समग्र शिक्षण पेशामा असर गर्ने भन्दै शिक्षकहरू आन्दोलित भएका हुन्। 

    images
    images
    images

    देशभरिका स्थानीय तहमा धर्ना दिने क्रममा रुपन्देहीको देवदह नगरपालिकामा पनि शिक्षक महासंघले धर्ना दिएको छ। नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्ष निर्मल ढुंगानाको नेतृत्वमा नगरपालिका पुगेका शिक्षकहरूले शिक्षा ऐनमा आफूहरूका माग समावेश गरिनुपर्ने बताए। नयाँ शिक्षा ऐन शिक्षक पेशामा आबद्ध भएका शिक्षक कर्मचारीका लागि अनुकुल नभएकोले आन्दोलित भएको उनिहरुको भनाइ छ । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै अध्यक्ष ढुंगानाले नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बिच पटक पटक भएका सम्झौताको मर्म अनुसार शिक्षा ऐन आउनुपर्ने बताए।  "नयाँ  शिक्षा ऐनमा धेरै कुरा छुटेको छ र त्यसले समग्र शिक्षण  पेशामा असर गर्छ, त्यसैले नेपाल शिक्षक महासंघ आन्दोलित छ" उनले भने । 

    images
    images
    images

    राष्ट्रव्यापी कार्यक्रमका रुपमा नेपाल भरीका स्थानिय तहमा शिक्षक महासङ्घ आज धर्ना गरिरहेको र भाद्र १ गतेपछी केन्द्रस्तरमा नै केन्द्रीत रहेर आन्दोलन गर्ने उनको भनाई छ।   

    धर्नामा विद्यालयका प्रधानाध्यापकदेखि स्थायी, अनुदान र राहत कोटामा अध्यापनरत सामुदायिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।