Logo

२०८३, आश्विन १२गते


images
images

एमालेको कार्यक्रममा आशनग्रहण र ब्याच–खादामा रोक

एमालेको कार्यक्रममा आशनग्रहण र ब्याच–खादामा रोक

images
  • एमालेको कार्यक्रममा आशनग्रहण र ब्याच–खादामा रोक
    images
    images

    काठमाडौं । एमालेले पार्टीका बैठक र सार्वजनिक कार्यक्रमलाई भड्किलो र तामझाम गर्ने परम्परामाथि रोक लगाउँदै नयाँ शैली अपनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको मंगलबारको बैठकले मञ्चमा उद्घोषकबाहेक सबैलाई सहभागीकै पंक्तिमा राख्ने, मुख्य वक्ता र वक्ताबाहेक कसैलाई अतिथि नबनाउने तथा खादा–ब्याच केहीको पनि प्रयोग नगर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बुधबार पार्टीको अर्थ विभागले आर्थिक विषयमा र्‍याडिसन होटेलमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केपी ओलीले पार्टीले गरेको त्यस्तो निर्णयलाई कडाइका साथ लागू गराउन सर्कुलर पठाउने तयारी भइरहेको आयोजकलाई जानकारी गराए । यसअघि एमालेले भ्रातृ संगठनलाई कार्यक्रम भड्किलो नबनाउन निर्देशन गर्दै आएको थियो । पछिल्लो समय अनेरास्ववियुले मात्रै पार्टीको निर्देशनलाई पालना गर्दै खादा–ब्याच वितरणमा रोक लगाउँदै आएको छ । 

    images
    images
    images

    ‘हिजो बसेको केन्द्रीय सचिवालय बैठकले नेपालमै बडा कष्ट हुने गरेको त्यो कष्ट हटाउने गरी एउटा निर्णय गरेको छ । खर्चपर्च केही नलाग्ने, तर एउटा महत्वको निर्णय । अबउप्रान्त धेरै आशनग्रहण नगराउने । सर्कुलर नआएको हुनाले तपाईंहरूले धेरै आशनग्रहण गराउनुभएको छ । अबउप्रान्त हामी यो आशनग्रहणको झन्झट गर्दैनौँ । नो आसन,’ ओलीले पार्टीको पछिल्लो निर्णयबारे भने, ‘सबै अघिपट्टि बस्ने, बोल्ने मान्छे आएर पोडिएमबाट बोल्छ, अरू सबै अगाडि बस्ने । त्यो तरिका हामीले अपनाउनुपर्छ । हामीले निर्णय गरिसकेका छौँ । त्यो सर्कुलर मात्र हुन बाँकी छ । यो निर्णय एमालेलाई मात्र होइन, अरूलाई पनि सजिलो हुन्छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।