Logo

२०८३, आश्विन १०गते


images
images

महामाया भवानी माविमा विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

महामाया भवानी माविमा विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • महामाया भवानी माविमा विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ४ भवानीपुरमा रहेको महामाया भवानी माविमा विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०७९ को कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूका लागि विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् देवदह नगरपालिका वडा नं ४ का वडाध्यक्ष दमननाथ रेग्मीले १२ उत्तीर्ण गरेका सबै विद्यार्थीलाई बधाई व्यक्त गर्दै देवदह नगरपालिकामा सञ्चालित देवदह आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्न आग्रह गरेका छन । महामाया भवानी माविलाई नमुना बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरूले मिहिनेत गरिरहेको बताए ।

    images
    images
    images

    कार्यक्रम महामाया भवानी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल जिसीको अध्यक्षता, देवदह नगरपालिका वडा नं ४ का वडाध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रअ चिरञ्जीवी रेग्मीको स्वागत र विद्यालयका शिक्षक निलराज बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।