देवदह । देवदह नगरपालिका वडा नम्बर ६ शिवालय टोलस्थित शिवालय खेलमैदानको स्तरीकरण गरिएको छ। मैदानको स्तरोउन्नतिको लागि लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित पाँच लाख रूपैयाले मैदानको स्तरोउन्नति गरि शनिबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य दिपा विश्वकर्माबाट खेल मैदानको उद्घाटन गरिएको छ।
खेल मैदानको उद्घाटन गर्दै निवर्तमान सांसद विकले स्थानिय युवा विद्यार्थीहरूलाई खेल्ने खेल मैदानको समस्या नहोस भन्ने उद्देश्यले आफुले बजेट बिनियोजन गर्न पहल गरे बमोजिम कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गरिन। जनप्रतिनिधि जनतामैत्री हुनुपर्ने उल्लेख गर्दै उनले केही जनप्रतिनिधीहरू काम गर्नभन्दा अरुले गरेको कामको जस लिन अघि सर्ने गरेको भन्दै दु:ख व्यक्त गरिन।
खेल मैदान उद्धाटन कार्यक्रममा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा वडा सदस्य खेमनारायण अधिकारी पुर्ब वडा अध्यक्ष दामोदर छेत्री शिवालय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रसाद बस्याल लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रममा उपभोक्ता समितीका अध्यक्ष मानसिङ सुनारको अध्यक्षता, मिलन मास्की रानाको स्वागत तथा सचिब रामचन्द्र पौडेलको संचालन रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology