काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबरलाई प्रतिवाद गर्दै फेसबुकका केही पेजविरुद्ध किटानी जाहेरी दिएको अधिकारीले उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।’
कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ निवासी गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् । नेपाल प्रहरीले गत महिनादेखि साइबर ब्युरोसम्बन्धी उजुरी सम्बन्धित जिल्लाबाटै दर्ता गर्न सकिने व्यवस्था लागु गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology