Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

सिकाइ संस्कार प्रवर्द्धन गर्न केरवानीमा शैक्षिक मेला

सिकाइ संस्कार प्रवर्द्धन गर्न केरवानीमा शैक्षिक मेला

images
  • सेतोमसी सहकर्मी
  • सिकाइ संस्कार प्रवर्द्धन गर्न केरवानीमा शैक्षिक मेला
    images
    images

    देवदह। रूपन्देहीको देवदह नगरपालिका–५, मा रहेको केरवानी माध्यामिक विद्यालय प्राङ्गणमा केरवानी शैक्षिक मेलाको आयोजना गरिएको छ ।

    images
    images
    images

    केरवानी माविको आयोजना  र सोइया महिला स्वभालम्बी संस्थाको सहयोगमा नगरस्तरीय शैक्षिक मेलाको आयोजना गरिएको हो। घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रबर्द्धन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको विद्यालयले जनाएको छ  ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि एवम् देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले मेलाले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सङ्गै शैक्षिक गुणस्तर बढाउन मेलाले सहयोग पुग्ने बताइन् । उनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका साथ घरपरिवार तथा समाजमा संस्कार खस्किदै गएको हुँदा यस्ता खालका कार्यक्रमले विद्यालय र विद्यार्थीको समुदायस्तर सङ्गको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शैक्षिक मेलाले विद्यालयमा व्यवहारिक शिक्षा र प्राविधिक शिक्षा सहित संस्कार र संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे ।

    विद्यालयका प्रधानाध्यपक निर्मल ढुङ्गानाले विद्यालयको व्यावहारिक र शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताए । उनले शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीको मात्रै विकास नभएर पढाइ सङ्गै अतिरिक्त क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रममा सोइया महिला स्वभालम्बी संस्थाद्वारा शिक्षकहरूलाई प्रदान गरिएको cooperative Learning Teaching Methodology (सहकार्यआत्मक शिक्षण विधिको प्रयोग गरी मोडल कक्षा प्रदर्शन गरिएको थियो ।

    मेलामा विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामग्री स्टल, गणित शैक्षिक सामग्री स्टल, मेलामा कक्षा १ देखि १० सम्म विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्री साथै कृषि सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो। मेलाको अवसरमा विद्यालयमा निर्मित ई-लाइब्रेरी र स्तरीय चमेना गृह समेत उद्घाटन गरिएको थियो ।

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।