देवदह । लायन्स क्लब अफ देवदहले आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको छ।
क्लबले नवौं वर्ष पार गरेको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मन बहादुर क्षेत्रीले गरेका थिए भने प्रमुख आतिथ्यता लायन्स अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपाल का डिष्ट्रीक्ट गवर्नर पिएमजेएफ अर्जुनमान सैंजुको रहेको थियो। विशिस्ट अतिथी आईपीडीजी पीएमजेएफ नवराज न्यौपाने, अतिथीमा डिस्ट्रिक्ट ३२५पी, नेपालका प्रथम भिडिजी एमजेएफ पुर्षोतम भक्त प्राधानाङ्ग, दोस्रो भीडीजी पीएमजेएफ बालाराम भट्टराई, क्याबिनेट सेक्रेटरी बिनोद खरेल, क्याबिनेट ट्रेजर दिनेश प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि लायन्स अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपाल का डिष्ट्रीक्ट गवर्नर पिएमजेएफ अर्जुनमान सैंजुले निरन्तरको सामाजिक क्रियाकलाप र क्लबमा आबद्द सदस्यहरुको क्रियाशीलतालेनै क्लब यहाँ सम्म आइपुगेको बताए। क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै लायन्स क्लब अफ देवादहले छोटो समयमा डिष्ट्रीक्ट तथा अन्तरास्ट्रियमा छुट्टै पहिचान बनाउन सफल भएको र यसको उचित मुल्यांकन हुने समेत बताए ।
कार्यक्रममा प्रथम वीडीजी एमजेएफ पुर्षोतम भक्त प्राधानाङ्ग, दोस्रो भीडीजी पीएमजेएफ बालाराम भट्टराई, लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेल, प्रेम नारायण न्यौपाने, विनोद सुवेदी, कमला शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै लायन्स क्लब विशुद्ध रुपमा सामाजिक कार्य गर्ने संस्था रहेको उल्लेख गरे । लायन्स क्लब अफ देवदहले देवदह क्षेत्रमा थुप्रै सामाजिक कार्यहरु गरेको र आगामी दिनहरूमा समेत सामाजिक कार्यलाई निरन्तरता दिन वक्ताहरुले आअग्रह गरेका थिए।
कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कृष्ण राज पौडेलले गरेका थिए । क्लबका सचिव जस बहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology