रुपन्देही । ओली सरकारले गरेको अबैधानीक संसद विघटनलाई सर्बोच्च अदालतले दोस्रोपटक पनि पुनर्स्थापना गरिदिएको खुसियालीमा देशैभरी दिप प्रज्ज्वल तथा स्वागत सभा सम्पन्न भएका छन् ।
यसैक्रममा रुपन्देहीका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलले बुटवलमा दिप प्रज्ज्वलन तथा स्वागत सभा सम्पन्न गरेका छन् । स्वागत सभामा बोल्दै माओवादी नेता कुलप्रसाद केसीले सर्बोच्चको ऎतिहासिक फैसलाले प्रतिगमनको हार भएको बताएका छन् ।
त्यसैगरी, उक्त सभामा बोल्दै नेकपा एमालेका राजु गुरुङ, नेपाली कांग्रेसका रामकृष्ण खाँण, जनता समाजवादीका यज्ञ पोखरेल, राष्ट्रिय जनमोर्चाका दानबहादुर केसी लगायतले प्रतिगामी हर्कत गर्नेहरुलाई सर्बोच्चको निर्णयले राम्रो पाठ सिकाएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता खिलराज देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त स्वागत सभाको संचालन नेकपा माओवादीका नेता निर्मल जीसीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology