Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

चार मुक्तक

चार मुक्तक

images
  • सेतोमसी सहकर्मी
  • चार मुक्तक
    images
    images

    देश कहिल्यै  भन्दा  रहेनछन्  अहङ्कारी मनहरूले
    चरित्र चिन्न  सकिँदो रहेनछ मात्र चर्का भाषणहरूले

    images
    images
    images

    जनताको   सरकार   भन्दै    कीर्नाले  झैँ चुसेर  देश
    माथि के के गर्न खोज्दै छन् शकुनि र दुःशासनहरूले  ।।१।।

    images
    images
    images

    .....................................................................

    images
    images
    images

    स्वार्थको  लागि  लपक्कै  मिल्नेहरू तमाम छन्
    स्वार्थ नमिले बारुलाले झैँ चिल्नेहरू तमाम छन् 

    कठै ! भनेर  कसलाई सहयोग गरिसाध्य छ र !
    यहाँ त  औँलो दिँदा डुँडुलो निल्नेहरू तमाम छन्  ।।२।।

    .....................................................................

    सुदृढ पाइला चाल्नै सकिँदैन थिरिथिरीले
    सबैका मनमा  बस्न सकिँदैन दादागिरीले

    हरेकले  आफूलाई  चिने   समीचीन हुन्छ
    पूर्णचन्द्रको भ्रम नछरे हुन्थ्यो  जुनकीरीले  ।।३।।

    .....................................................................

    मनी  र  मसलको  दम्भपूर्ण  दैनन्दिन कहिलेसम्म
    छल र मात्सर्ययुक्त  जीवन समीचीन कहिलेसम्म

    जिन्दगी  पानीको फोकाजस्तै  क्षणभङ्गुर छ भने
    यो अभिमान,यतिविधि उछिनापाछिन कहिलेसम्म  ।।४।।

     - डा. श्यामप्रसाद न्यौपाने
    सुनवल १२ नवलपरासी (बसुप)

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुक्तक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।