बुटवल । रूपन्देहीमा माओवादी रुपान्तरण अभियानको सुरूवात भएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा अभियानको उद्घाटन गर्दै पार्टीका स्थायी कमिटि सदस्य समेत रहेका जिल्ला इञ्चार्ज गणेशमान पुनले अभियानले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको बताए। अभियानले पार्टी रुपान्तरणसंगै नयाँ पुस्ताका सपनालाई सम्बोधन गर्ने नयाँ पार्टी निर्माण गर्ने जिकिर गर्दै नेता पुनले कम्युनिष्टहरूबीच एकताको लागि समेत अभियानले आधार तयार गर्ने बताए।

त्यसैगरी जिल्लाको कोटहीमाई गाउँपालिकामा सहिद परिवारसंग भेटघाट गरेर अभियानको उद्घाटन गरिएको छ। कोटहिमाई गाउँपालिका वडा नम्बर १ का सहिद त्रिभुवन यादव र महेश यादवको परिवारसंग भेटघाट गर्दै पार्टी जिल्ला संयोजक निर्मल जि.सीले अभियानको उद्घाटन गरे।सो अवसरमा रुपान्तरण अभियानले समाजवादी क्रान्तिको प्रारम्भ गर्ने उल्लेख गर्दै उनले माओवादी विरुद्ध विपक्षी पार्टीहरुले फैलाएको भ्रमलाई हटाउन पनि अभियान महत्वपुर्ण हुने दावी गरे।
यसैगरी तिन महिने विशेष रुपान्तरण अभियान रुपन्देही जिल्लाको १६ वटै पालिकाको हरेक वडामा एकै साथ उद्घाटन गरिएको छ। अभियानको अन्त्यमा पालिका स्तरीय भव्य सभा समेत गरिने रुपन्देहीका जिल्ला संयोजक जि.सीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology