चैत २८, एजेन्सी- शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा मुम्बई इन्डियनलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ।
चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल तयार गरेको थियो । १६० रनको लक्ष्यका साथ मैदान उत्रिएको बैंगलोरले आठ विकेटको क्षतिमा जित हासिल गरेको हो।
बेङ्गलोरका लागि एबी डि भिलियर्सले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन जोड्दा ग्लेन मेक्सवेलले ३९ रनको योगदान गरे । विराट कोहली ३३ रन जोडेर पेभेलियन फर्किएका थिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
मुम्बईका लागि जसप्रित बुमराह र मार्को जानसेनले २-२ विकेट त्यस्तै ट्रेन्ट बोल्ट र क्रुणल पाण्ड्याले १-१ विकेट लिए।
त्यसअघि मुम्बईका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१ र ईशान किसनले २८ रन बनाएका थिए। बैंगलोरका हर्ष पटेलले ५ विकेट लिए भने वासिंटन सुन्दर र केलिय ज्यामिसनले १-१ विकेट लिए।
मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन् भने बैंगलोर को कप्तानी विराट कोहलीले गरेका छन् ।
जितसहित बैंगलोरले २ अंक जोडेको छ । मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग र बैंग्लोरले १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्नेछ।
आईपीएलमा आज राती चेन्नई र दिल्ली क्यापिटलबीच खेल हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology