काठमाडौं । ललितपुरस्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो ।
महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गरे । काँग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।
उनले दिएका योगदानले युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, काँग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ ।
साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology