बुटवल । रुपन्देहीको गैडहवास्थित सहिद स्मृती पार्क विकास समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गैडहवा-४ मा रहेको पार्क परिसरमा साधारणसभा सम्पन्न भएको हो ।
भेलाको उद्घाटन गर्दै पार्क संरक्षक वसन्त सीले सहिद सबैका साझा सम्पत्ती भएको बताउँदै सहिदहरुको सम्मानमा निर्मित पार्क ईतिहासको प्रतिबिम्बन भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो समेत रहेका उनले राणा शासनदेखि आजसम्मका हरेक मुक्ती आन्दोलनमा देशभक्तहरुले बलिदान गर्नुपरेको स्मरण गर्दै उनिहरुको बलिदानीलाई भुल्न नहुने बताए ।
कार्यक्रममा गैडहवा वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मी, माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यद्वय हस्त बहादुर सावर लगायतले बोलेका थिए।
साधारणसभाले हिरा बहादुर रोका क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय पार्क विकास समिति गठन गरेको छ । जसको उपाध्यक्षहरुमा चन्द्र बहादुर घर्ति, रामबृक्ष जैसवाल, सूर्य प्र. अधिकारी, बाबुराम मल्ल, सचिवमा दान बहादुर घर्ति, सह-सचिवमा कृष्ण नारायण कुर्मी, कोषाध्यक्षमा मिना सारु र सदस्यहरुमा पूर्णिमा जि.सी, बैजु हरिजन, जय जय राम लोध, रेश्मी मल्ल, प्रेमशिला गुप्ता रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology