Logo

२०८३, श्रावण २७गते


images
images

६१ किलो सुन प्रकरण

६१ किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, साढे ३ अर्ब बढि विगो माग दाबी

६१ किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, साढे ३ अर्ब बढि विगो माग दाबी

images
  • ६१ किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, साढे ३ अर्ब बढि विगो माग दाबी
    images
    images

    काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ । 

    images
    images
    images


    बुधवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरु मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताए । उनले फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गरे । उनले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताए  ।

    images
    images
    images

    उनले अनुसन्धानका क्रममा तस्करहरुले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताए  । उनले योजनावद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताए । उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताए । उनले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताए । उनले सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताए । प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताए । उनले पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको बताए  । 

    images
    images
    images

     

    सिआइबीले पक्राउ परेको चाइनीज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको  देखिएको जनाएको छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताए । उनले सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको पनि बताए । सिआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अवलम्वन भएको बताएको छ । फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो । सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ । चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ ।

    अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ । हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका पनि सिआइबीले जनाएको छ । सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरुले दुईवटा समूह बनाएको देखिएको छ । हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पुराउने गरेका अनुसन्धानका क्रममा खुलेको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।