Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय राजनीतिमा कायम प्रवृत्तिगत समस्या र नेतृत्व रुपान्तरणको प्रश्न 

राष्ट्रिय राजनीतिमा कायम प्रवृत्तिगत समस्या र नेतृत्व रुपान्तरणको प्रश्न 

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय राजनीतिमा कायम प्रवृत्तिगत समस्या र नेतृत्व रुपान्तरणको प्रश्न 
    images
    images

    नेपालको वर्तमान राजनीतिक परिदृष्यमा कोहि मान्छे रमाए पनि वा दु:खी भए पनि त्यसको कुनै दुरगामी अर्थ र महत्त्व छैन । राज्य सत्तामा कायम समग्र प्रबृत्तिको विषयमा मौन रहेर व्यक्ति विशेषको सत्ता सयरमा हुने परिवर्तनमा रमाउने वा दु:खी हुनेहरू नै देशको राजनीतिक अस्थिरता र अराजकताका हिमायती हुन् ।  

    images
    images
    images

    क्षणिक सत्ता स्वार्थमा रमाउनु वा दु:खी हुनु देश र आफ्नै व्यक्तिगत भविष्य प्रति उत्तरदायी नहुनु नै हो । हामी माहिर नै छौं बनेकोलाई बिगार्न अनि बिग्रन लागेको लाई सपार्नु भन्दा झन भताभुंग पार्न । हामी साच्चै देश र जनताप्रति उत्तरदायी हुन्थ्यौं नै भने हामीले हाम्रो क्षमता र बिपक्षीको बिचार तथा भावनालाई आत्मसाथ गर्दै एउटा राजनीतिक निकास दिन्थ्यौं, जसमा हामी मुलतः चुकेका छौँ ।

    images
    images
    images


    राज्य सत्तामा कायम समग्र प्रबृत्तिको विषयमा मौन रहेर व्यक्ति विशेषको सत्ता सयरमा हुने परिवर्तनमा रमाउने वा दु:खी हुनेहरू नै देशको राजनीतिक अस्थिरता र अराजकताका हिमायती हुन् ।  

    images
    images
    images

    अहंकार  र शक्तिको आडमा पटक पटक संविधानको धज्जी उडाउने ओली प्रवृत्ति होस या माधव नेपाल - रामबहादुर थापा 'बादल' प्रवृत्ति या प्रचण्ड र देउवा प्रवृत्ति नै किन नहोस्, यी सबै सत्ता स्वार्थ मिल्दासम्म बाँडिचुडी खाने र अफ्ट्यारो परेपछि जनता भन्दै चिच्याउने क्षणभरमै  रंग बदल्न सक्ने छेपारे प्रजातिका मानव हुन् भन्दा अत्युक्ति नहोला । 
      
    यसप्रकारको राजनीतिक नेतृत्वको रुपान्तरण वा सम्भव भएसम्म विस्थापनले राजनितिमा कायम गलत प्रवृत्तिमा केही हदसम्म परिवर्तन ल्याउन सक्छ । यद्यपि तत्काल त्यो सम्भावना एकदमै कम देखिन्छ । तसर्थ, अबको उत्तम बिकल्प भनेको सर्वक्षिय सहमतिमा अघि बढ्नु नै हो । संयुक्त राष्ट्रिय सरकार बनाउने र निर्वाचनमा जाने । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली या सम्पुर्ण राजनैतिक दलको बिचार , योजना र देखाईएका बिकल्पमा जनमत संग्रह गर्ने । जसले एउटा जनमत दिनेछ र त्यहि जनमतका आधारमा अगाडि बढ्दा राजनीतिक स्थायित्व र विकास दुबै सम्भव हुनेछ । - सन्तोष बस्याल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।