Logo

२०८३, आश्विन ९गते


images
images

पश्चिम नवलपरासीमा थप १५ दिनका पुन निषेधाज्ञा थप पसल व्यवसाय साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने

पश्चिम नवलपरासीमा थप १५ दिनका पुन निषेधाज्ञा थप पसल व्यवसाय साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने

images
  • पश्चिम नवलपरासीमा थप १५ दिनका पुन निषेधाज्ञा थप पसल व्यवसाय साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने
    images
    images

    रेशम अधिकारी अशोक , नवलपरासी । पश्चिम नवलपरासी (बर्दघाट–पश्चिम) मा थप १५ दिनका पुन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असार ३१ गते राती १२ बजेदेखि साउन १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । यसअघि असार २१ गते थपिएको निषेधाज्ञाको समय विहिबार (आज) राती १२ बजे सकिँदैछ ।

    images
    images
    images

    यसअघिकै निर्णय अनुरुप बैंक तथा वित्तिय संस्थाहरु खुला नै रहने छन् । अब अत्यावश्यक बाहेकका पसल व्यवसाय साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने भएको छ । साथै बिहान ९ बजे देखि साँझ ५ बजे सम्म होटल तथा रेष्टुरेण्ट व्यवसाय पनि खोल्न पाईने छ तर होम डेलिभरी वा टेक अवे मात्र गर्न पाईने छ । पार्टी प्यालेस र होटलमा व्यक्ति बसालेर सेवा गर्न भने पाईने छैन ।

    images
    images
    images

     बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी  जोर  बिजोर प्रणालीमा  यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । निजि सवारी साधनको हकमा पनि यात्रुहरुबीच भौतिक दुरी कायम हुने गरि सञ्चालन गर्न पाउने सूचनामा उल्लेख गरिएको  छ ।

    images
    images
    images

    नवलपरासी नजिक रहेको सिमा नाकाबाट भईरहेकोे आवातजवातलाई रोक्न कडाई गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सैलुन, खेलकुदका कार्यक्रम, विद्यालय भने सञ्चालन गर्न पाईने छैन । प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाई केही क्षेत्रमा प्रतिबन्ध लगाएपनि निषेधाज्ञा कार्यान्वयन भने फितलो छ । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । नवलपरासीमा बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।  FB_IMG_1626277758838.jpgFB_IMG_1626277761331.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।