Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरका ४८ नगर प्रहरीहरू दीक्षित, प्रहरी प्रमुखलाई दर्ज्यानी चिन्ह प्रदान

पोखरा महानगरका ४८ नगर प्रहरीहरू दीक्षित, प्रहरी प्रमुखलाई दर्ज्यानी चिन्ह प्रदान

images
  • पोखरा महानगरका ४८ नगर प्रहरीहरू दीक्षित, प्रहरी प्रमुखलाई  दर्ज्यानी चिन्ह प्रदान
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिकाका४८ जना नगर प्रहरीहरू दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आभार भूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४८  जना नगर प्रहरी जवानहरूलाई दीक्षित गरिएको हो ।

    images
    images
    images

    उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले संयुक्त रूपमा दीक्षित गरे।

    images
    images
    images


    ४५ दिनसम्म चलेको आधारभूत तालिममा नगर प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट भएकी छन् । तालिममा नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा सर्व–द्धितिय र नगर प्रहरी जवान सीमान्त थारु सर्व–तृतीय भएका छन् । अध्ययन तर्फ नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा, कवाज तर्फ नगर प्रहरी जवान मसिना राई, शारीरिक व्यायाम तर्फ नगर प्रहरी जवान सञ्जय क्षेत्री र खेलकुद तथा अतिरिक्त क्रियाकलाप तर्फ नगर प्रहरी जवान लक्ष्मी कार्की प्रथम भएका छन् ।

    images
    images
    images


    उनीहरूलाई केन्द्रका तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सीना, प्लाटुन कमान्डर तथा प्रशिक्षक प्रहरी सहायक निरीक्षक सङ्गम हमाल, प्रहरी हवलदार गुरु प्रसाद कालुङ, प्रहरी जवान तथा प्रशिक्षक अमन चौधरी र प्रहरी जवान तथा प्रशिक्षक जानुका श्रेष्ठ लगायतले प्रशिक्षण प्रदान गरेका थिए । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम (६ दिन), दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन (२५ दिन) र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका (१४ दिन) विषयमा प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताए। तालिमको आन्तरिक मूल्याङ्कन प्रक्रियामा १३ जना महिला तथा ३४ जना पुरुषहरू मध्ये २९ जना क श्रेणी र १८ जना ख श्रेणीमा परेका छन् ।


    दीक्षान्त समारोहमा नगर प्रहरी जवानहरूले राष्ट्रिय सलामी अर्पण सहित कवाज समेत प्रदर्शन गरेका छन् । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले शपथ गराए। उनीहरूलाई दीक्षित गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप शसक्त बनाएको बताए । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र पोखरा महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त  गरे । बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ शसक्त बनाएर लैजान उनले निर्देशन समेत दिए ।

    तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले महानगरपालिकाले सुम्पेको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरेको स्मरण गराउँदै आगामी दिनमा समेत नगर प्रहरीको क्षमता अभिवृद्धि लगायतका तालिम कार्यक्रमहरू सञ्चालनका लागि सहकार्य गर्न तत्पर रहेको बताए । नगर प्रहरीहरूले इमान्दातिाका साथ तालिम पुरा गरेको र तालिममा सिकेका कुराहरूलाई अक्षरशः व्यवहारमा उतार्ने समेत उनले विश्वास व्यक्त गरे। नगर प्रहरीहरूको हौसला बढाउनका लागि नेपाल प्रहरीको तर्फबाट सदैव साथ र सहयोग रहने उनले उल्लेख गरे ।
    पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरी जवान पदमा सेवा करारका लागि महानगरपालिकाले गत २०७९ चैत्र १२ गते खुल्ला तर्फ २७ जना, महिला तर्फ ४, आदिवासी जनजाति तर्फ ७, मधेसी तर्फ ६, दलित तर्फ ३ र पिछडिएको क्षेत्र तर्फ १ गरी ४८ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो । सो दरखास्त अनुसार छनौट भई ४५ दिनको आधारभूत तालिममा सहभागी ४८ जना नगर प्रहरीहरू दीक्षान्त पश्चात कार्यक्षेत्रमा खटिनेछन् ।


    पोखरा महानगरपालिकाको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरुको सुरक्षा व्यवस्थापन, महानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।


    यसैबिच हालै मात्र नगर प्रहरी निरीक्षकमा बढुवा भएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी निरीक्षक थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दज्र्यानी चिन्ह प्रदान गरे। २०६० साल जेठ ७ गते नगर प्रहरी सहायक निरीक्षक पदबाट सेवा प्रवेश गरेका थापा २०७७ सालमा नगर प्रहरी नायव निरीक्षक र २०८० साउन ९ गतेको निर्णयअनुसार नगर प्रहरी निरीक्षक पदमा बढुवाभएको हुन। प्रहरी निरीक्षक थापा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पास गरेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।