images

दारी ग्याङ्ग रूपन्देहीको आयोजनामा फागुविशेष मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दारी ग्याङ्ग रूपन्देहीको आयोजनामा फागुविशेष मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

images
  • 2.9K
    SHARES
  • images
    दारी ग्याङ्ग रूपन्देहीको आयोजनामा फागुविशेष मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

    बुटवल – दारी ग्याङ्ग रूपन्देहीको अायाेजना रहेकाे फागुविशेष मैत्रीपूर्ण फुटसल प्रतियोगितामा कमल न्याैपानेकाे समूह प्रथम भएकाे छ । साेमबार ग्रिन फिल्ड फुटसल देवीनगरमा अायाेजित साे प्रतियाेगितामा प्रदीप गैह्रेकाे समूह दाेस्राे भएकाे छ । दारी ग्याङ्ग रूपन्देहीका सदस्य विच भातृत्वलाई कायम राख्नका लागि साे समुहकै सदस्यहरूकाे सहभागिता रहेकाे दारी ग्याङ्ग रूपन्देहीका निवर्तमान अध्यक्ष गणेश पन्थले जानकारी दिनुभएकाे छ ।

    images

    हाेली पर्वकाे शुभकामनासहित भएकाे खेलमा दारी ग्याङ्गका चार समुहकाे खेल भएकाे थियाे । जसमध्ये पहिलाे खेलमा विरेन्द्र जिसी र प्रदीप गैह्रेकाे समूह बिच खेल भएकाे थियाे । साे खेलमा प्रदीप गैह्रेकाे समुहले विरेन्द जिसीकाे समुहलाई २/० गाेलले पराजित गरेकाे थियाे ।

    166352786_436104690787985_3503252726885547348_n.jpg

    त्यस्तै दाेस्राे खेल कमल न्याैपानेकाे समुह र गणेश पन्थकाे समुहविच भएकाे थियाे । दाेस्राे खेल निकै नै प्रतिष्पर्धात्मक भएकाे पन्थले जानकारी दिनुभएकाे थियाे । साे खेलमा कमल न्याैपानेकाे समुहले ४ गाेल गरेकाे थियाे भने गणेश पन्थकाे समुहले ३ गाेल गरेकाे थियाे ।

    दुबै खेलबाट फाइनलमा प्रवेश गरेका प्रदीप गैह्रेकाे समूह र कमल न्याैपानेकाे समुहविच भएकाे खेलमा कमल न्याैपानेकाे समुह विजेता बनेकाे थियाे । कमल न्याैपानेकाे समुहले १ का विरूद्ध ५ गाेल गरी विजेता बनेकाे थियाे ।

    खेलमा सर्वाधिक गाेलकर्ता दिपक पाैडेल रहेका थिए भने वेस्ट गाेलकिपर दाह्री ग्याङ्गकै सदस्य प्रदिप अाचार्य रहेका थिए । दाह्री ग्याङ्गका रूपन्देही अध्यक्ष विरेन्द्र जिसीकाे अध्यक्षता रहेकाे मैत्रीपूर्ण फुटसल खेलकाे केन्दिय अध्यक्ष प्रदीप गैह्रेकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

    images
  • सम्बन्धित विषय:

  • # # दारी ग्याङ्ग,

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com