Logo

२०८३, कार्तिक २९गते


images
images

बर्दियामा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, १५ घाइते

बर्दियामा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, १५ घाइते

images
  • बर्दियामा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, १५ घाइते
    images

    गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनि बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार शनिबार गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनि फोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको सीएच ०१ सीएम९४३७ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारतको चण्डीगढ बस्ने ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकल पछाडि सवार हाल नामथर र वतन नखुलेका अन्दाजी ५५/६० वर्षीय पुरुषलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् ।

    images
    images

    दुर्घटनामा घाइते ५ जना सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन् । जसमा गुलरिया–१० कालाबञ्जराका १९ वर्षीया अर्धना पाठक र १५ वर्षीया अनन्य पाठक, कोहलपुर–११ की २३ वर्षीया अञ्जली घिमिरे तथा तुलसीपुर–१२ का २७ वर्षीया लक्ष्मी बि.क. र ४ वर्षीय अन्मोल बि.क. डिस्चार्ज भइसकेका छन् ।

    रिफर गरिएका र मध्यम घाइतेहरूमा बस चालक गुलरिया–८ का ४० वर्षीय हरि चौधरीको नेपालगञ्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । त्यस्तै, गम्भीर घाइतेहरू ललिता चौधरी, सुरज बहादुर राजी र संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

    घटनास्थलमा प्रहरी पुगी दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्दिया दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।