Logo

२०८३, कार्तिक २९गते


images
images

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुदै

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुदै

images
  • ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुदै
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ ।

    images
    images
    images

    ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेन सहरमा तीन नेताबीच भेटवार्ता हुने जानकारी दिएकी हुन् ।

    images
    images
    images

    भेटमा विश्वव्यापी आणविक हतियार नियन्त्रण तथा यसको विस्तार रोक्ने विषयमा छलफल हुने बताइएको छ । इरानको विषयले पनि प्राथमिकता पाउन सक्ने भए पनि युक्रेन युद्धबारे छलफल नहुने अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि, भेटवार्ताबाट तत्काल कुनै सम्झौता हुने अपेक्षा गरिएको छैन ।

    images
    images

    अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई ठूला आणविक शक्तिबीच नयाँ सम्झौताको आवश्यकता बढेको छ । राष्ट्रपति ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सम्झौता गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

    यसैबीच, चीन र रुसबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि पछिल्ला वर्षमा थप निकट बनेको छ । तीन शक्तिशाली मुलुकका नेताबीच हुन लागेको यो भेटवार्तालाई विश्व राजनीति र आणविक हतियार नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिपक्षीय भेटवार्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।