Logo

२०८३, कार्तिक २९गते


images
images

अदालतबाट न्याय हुनेमा विश्वस्त छु: देउवा

अदालतबाट न्याय हुनेमा विश्वस्त छु: देउवा

images
  • अदालतबाट न्याय हुनेमा विश्वस्त छु: देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतले निष्पक्ष निर्णय गर्ने बताएका हुन् । उनले भने- 'मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन ।' 

    images
    images
    images

    राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै उनले प्रश्नसमेत गरे ।

    images
    images

    देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनबारे आफूसँग कुनै सल्लाह नगरिएको दाबी गरे । उनले भने- 'पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ ।'

    उनले जेनजी आन्दोलनका क्रममा आफूविरुद्ध भएको आक्रमणमा गम्भीर घाइते भएको पनि बताए । सुरक्षाकर्मी नभएको भए आफ्नो ज्यान जान सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले टाउकोमा गम्भीर चोट लागेको बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।