Logo

२०८३, श्रावण २७गते


images
images

'ओली सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ' - प्रमुख सचेतक देव गुरुङ

'ओली सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ' - प्रमुख सचेतक देव गुरुङ

images
  • सेतोमसी सहकर्मी
  • 'ओली सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ' - प्रमुख सचेतक देव गुरुङ
    images
    images

    १८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी चैत २३ भित्र मत लिनुपर्ने बताएका छन्।

    images
    images
    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका देव गुरूङले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलासँगै दल विभाजित भएकाले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने भन्दै विश्वासको मत लिनुपर्ने बताएका हुन्।

    images
    images
    images

    पपुवा न्युगिनीमा कोभिड बिरुद्दको खोप लगाउन सुरु, प्रधानमन्त्रीले लगाए पहिलो खोप पपुवा न्युगिनीमा कोभिड बिरुद्दको खोप लगाउन सुरु, प्रधानमन्त्रीले लगाए पहिलो खोप

    images
    images
    images

    ‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । सर्वोच्च अदालतको फैसलापछि सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७५ (१) को सरकार भएको भनेको थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले ७६ (२) आकर्षित गरेको छ । त्यसैले दल विभाजित भइसकेको अवस्थामा सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ। अनि मात्र वैधानिकता हुन्छ।’

    प्रमुख सचेतक गुरुङले दल विभाजित भएकाले सरकारले २३ चैतभित्रै विश्वासको मत लिनुपर्ने बताए । ‘दल विभाजित भएको २३ चैतमा ३० दिन पुग्छ,’ उनले भने, ‘यदि २३ चैतभित्र विश्वासको मत नलिए यो सरकारको हैसियतमाथि कानुनी र संवैधानिक प्रश्न उठ्छ ।’

    यद्यपी अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।