images

१२० दिने लकडाउनको औचित्य पुष्टि नहुँदै पुन: लकडाउनको चर्चा

१२० दिने लकडाउनको औचित्य पुष्टि नहुँदै पुन: लकडाउनको चर्चा

images
  • चैत्र १७, २०७७ मंगलवार १७:११ बजे
  • 904
    SHARES
  • images
    १२० दिने लकडाउनको औचित्य पुष्टि नहुँदै पुन: लकडाउनको चर्चा

    गत साल चैत ११ गते देखि बिना तयारी सुरु भएको लकडाउन उसैगरी तयारी नै साउन ६ गते अन्त्य भयो । संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन यस्तो बेला खोलियो जतिबेला संक्रमण उच्च बिन्दुमा जाँदै थियो ।

    images

    संक्रमण उच्च बिन्दुमा नपुग्दै नियन्त्रणमा नआउँदै खोलिएको लकडाउन फेरि लगाउने चर्चा चलिरहेको छ। १ सय २० दिन लामो लकडाउनले संक्रमण नियन्त्रणमा एक हदसम्मको काम गर्‍यो तर अपेक्षित नियन्त्रण र रोकथाममा भने गर्न सकेन।

    बिश्व तथ्यांकलाई नियाल्दा ४ करोड ७८ लाख ४० हजार संक्रमित ३ करोड ४३ लाख ३५ हजार रिकभर भएका र १२ लाख २० हजारको मृत्यु भएको कोरोना आज पनि बिपत्ती बनेर सिंगो मानवजाती र धर्ती माथी परेड खेलिरहेको छ।

    छिमेकी देश भारतमा मात्रै १ करोड १६ लाख ८७ हजार संक्रमित र मृत्यु १ लाख ६० हजार नाघेको छ भने नेपालमा १५ सयको मृत्यु र २ लाख बढी संक्रमित भैसकेका छन ।

    बिश्व अर्थतन्त्र तहसनहस बनाएको यस महामारिले अनेक कालखण्डमा भित्रिएको संक्रामक रोगले भन्दा धेरै आर्थिक क्षेत्र प्रभावित पारेको छ। आर्थिक गिरावटको यो तथ्यांक हेर्दा कोरोना निकै भयावह बनेको देखिन्छ ।

    स्पेनिस फ्लु (१९१८–२०) : ०.८२ प्रतिशत
    सार्स (२००२–४) : ३.०५ प्रतिशत
    स्वाइन फ्लु (२००९–२०१०) : –२.६४ प्रतिशत
    मार्स (२०१२) : –३.६९ प्रतिशत
    इबोला (२०१४–१६) : –८.१४ प्रतिशत
    कोभिड १९ (२०१९–२१) : –८.७४ प्रतिशत।

    मैले सम्झिने घटनाहरु मध्य २०४५ सालमा दशरथ रंगशालामा आएको आँधिहुरी ।
    २०४६ सालको जनआन्दोलन र त्यसले ल्याएको राजनीतिक परिबर्तन। २०५० साल जेठ ३ गते दासढुङ्गामा मदन-आश्रीतको जिप दुर्घटना। बि.सं. २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्ड। २०६२-०६३ सालको १९ दिने जनआन्दोलन । २०७२ साल बैशाख १२ गते बिनासकारी महा भुकम्प । नेपालको संविधान २०७२ पश्चातको नयाँ राजनितीक अवस्था र पछिल्लो समय संसारभर फैलिएको कोरोना कोभिड-१९ र नेपालमा २०७६ साल चैत्र ११ देखि भएको लकडाउनले पारेको प्रभाव र असर ।

    लाखौंको रोजगारी गुमेको, लाखौं विद्यार्थीको भविस्य बिथोलिएको, गरिब निमुखा बिपन्न परिवार माथी थोपरिएको कालाबजारी र महंगिको मार अनि दैनिक ज्यालादारी मजदुर प्रत्यक्ष मारमा परेको त्यस लकडाउनले बल्लतल्ल तंग्रीदै गर्दा पुन: लकडाउन हुने होकि भन्ने सन्त्रासले डेरा जमाउन थालेको छ। प्रभावकारिता र प्रत्यक्ष असर बारे पुनर्मुल्यांकन नगरी गतसाल आज कै दिनमा जसरी लकडाउन थोपरिने पो होकि भनेर बालबालिका र युवावर्ग चिन्तित देखिन्छ। # लकडाउनको औचित्य #

    – रामचन्द्र तिम्सिन (आवाज)

    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र तिम्सिना

  • Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com