Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय शिक्षा विधेयकको बिरोधमा तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी

विद्यालय शिक्षा विधेयकको बिरोधमा तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी

images
  • विद्यालय शिक्षा विधेयकको बिरोधमा तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी
    images
    images

    काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा आज तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । 

    images
    images
    images


    काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको बिरोध गरेका हुन् ।

    images
    images
    images

    गत बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।

    images
    images
    images

    संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुले विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा विधेयकको विरोध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।