Logo

२०८३, श्रावण ३१गते


images
images

नेपालमा एक सयमाथिका भारतीय नोट कारोबारमा प्रतिबन्ध

नेपालमा एक सयमाथिका भारतीय नोट कारोबारमा प्रतिबन्ध

images
  • नेपालमा एक सयमाथिका भारतीय नोट कारोबारमा प्रतिबन्ध
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सयभन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ ।

    images
    images
    images

    यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ ।

    images
    images
    images

    ड्राफ्ट, टीटी, कार्डमार्फत हुने भुक्तानीमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय नोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।