Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने

काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने

images
  • काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले आइतबारदेखि शुरु हुने १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैंले गर्नुपर्ने भएको हो । 

    images
    images
    images

    आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा देशभरबाट ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् ।  कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबारसम्म ७ हजार २८ महाधिवेशन प्रतिनिधि चयन भइसकेको जानकारी दिएका छन् । त्यस बाहेक सभापतिबाट मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा नै हुनेछ ।  महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको छ । 

    images
    images
    images

    प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, एयरपोर्टलगायत क्षेत्रका होटलहरूसँग पार्टीले समन्वय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिएका छन् । 

    images
    images
    images

    काँग्रेसको महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधि सहभागी हुँदैछन् । १४औं महाधिवेशनसम्म ४ हजार ७ सय हाराहारी प्रतिनिधि सहभागी हुँदै आएका थिए । विगतमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो भने अहिले ३३ जनाका दरले आउने व्यवस्था गरिएकाले प्रतिनिधिको संख्या बढेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।