मुस्ताङ । पदम संभव च्यारीटी फाउन्डेसनद्वारा संचालित नालन्दा बुद्विष्ट स्कुल(गुम्बा विद्यालय )को सुविधा सम्पन्न छात्रवासको उद्घाटन सम्पन्न भएको छ।
शुक्रबार मुस्ताङको थासाङ गाउँपालिका-१ स्थित टुक्चेमा अवपतारी धर्म गुरु टुल्कु ग्याङ्ग खाङ्ग तथा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको विशेष उपस्तिथिमा रिवन काटेर भवनको उद्घाटन गरिएको हो।
निशुल्क रुपमा सम्पुर्ण रुपमा शिक्षा सहित छात्रवास प्रधानगर्दै आएको विद्यालयमा सुविधा सम्पन्न छात्रवासको नयाँ भवन बनेसँगै मुस्ताङ लगायत पिछडिएका क्षेत्रका विद्यार्थीहरु लावन्वित भएका छन् ।विद्यार्थीहरुले अध्ययनको लागि थप सहजता भएको भन्दै स्थानीय तथा अभिभावकहरुले खुशी व्यक्त गरेकाछन् ।
छात्रावास उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले छात्रवास निर्माण गरेकोमा विशेष धन्यवाद व्यक्त गरेकस छन् । सबै जात, सबै धर्म समुदाय र भूगोललाई मुस्ताङ बासीले देशैभर शान्ति र एकता सन्देश दिन सकोस् भने शुभेच्छा समेत प्रकट गरेका छन् । यति ठूलो मेहनत गरेर आफ्नै सक्रियता र आफ्नै खर्चमा विद्यालय संचालन गरेकोमा पदम संभव च्यारीटी फाउन्डेसनका अध्यक्ष खेन रिम्पोन्छे डा.मङलध्वज तुलाचन र समग्र टिमलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको हो।
हामी सबैको उद्देश्य शान्ति भएकाले शान्तिको निम्ति शिक्षा अनिवार्य रहेको भन्दै पदम संभव च्यारीटी फाउन्डेसनका अध्यक्ष खेन रिम्पोन्छे डा.मङलध्वज तुलाचनले शिक्षा क्षेत्रको विकासमा आफू लागी परेको बताए। कुनै विद्यालयले विद्यार्थी त, कुनै ठाउँमा विद्यार्थीले विद्यालय नपाएको देखेर आफू मर्माहत भएको भन्दै दुर्गममा क्षेत्रमा विद्यालय स्थापना गरेर दुर्गम क्षेत्रमा सुनौलो शिक्षा प्रधान गर्न पाएकोमा खुसी समेत व्यक्त गरे।
झन्डै दुई सय भन्दा धेरै अध्यापन रहेको यस विद्यालयमा भारत नेपालका विभिन्न जिल्लाहरु बाट औपचारिक शिक्षा अध्यानको लागी आउने गरेको सबै जात धर्मका विद्यार्थीले अध्ययन गर्ने गरेको प्रधानध्याप अवन तुलाचनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology