पोखरा । पर्यटकीय जिल्ला मुस्ताङका होटेल भरिभराउ भएका छन् । दसैँको छेकोमा आन्तरिक पर्यटक बढेका कारण होटलहरु प्याक भएका हुन् । होटेल पूर्व बुकिङ गरेर नगएकाहरू मुस्ताङबाट रातारात फर्किने गरेका व्यवसायीहरूले बताए । ‘कोठाहरू प्याक छन् । धेरैले अग्रिम बुकिङ गरेर आउँछन्,’ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘बुकिङ नगरि आएका पर्यटकले कोठा पाउन मुस्किल छ ।’
धेरैजसो पर्यटक अग्रिम बुकिङ गरेर गएका उनले बताए । ‘दसैँको अवधि भएर पनि धेरै पर्यटक आएका हुन सक्छन् । यति धेरै पर्यटक आक्कलझुक्कल मात्रै पुग्छन्,’ उनले भने, ‘शुक्रवार केही पातलिएको छ ।’ मुस्ताङका होटलहरुमा करिब ५ हजार पर्यटक राख्न सक्ने क्षमता छ । माथिल्लो क्षेत्रमा बढी चिसो भएर हिउँ जम्न थालेको छ । ‘छोसेरमा तापक्रम माइनस ७ पुगिसक्यो । मुक्तिनाथमै पनि रातमा माइनस २ पुग्यो,’ पाण्डेले अघि थपे, ‘अब जम्ने समय सुरु भयो ।’ बढी चिसो भएका कारण माथिल्लो क्षेत्रमा पर्यटकको आउजाउ बिस्तारै घट्न थालेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology