मित्र उराठी गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा -२,रुपन्देही
‟बधाई छ !” ,फेसबुक हेर्दै गरेका शोभाखरले कमेन्टमा लेखे र पोष्ट गरे।
‟ए! हेर त मैना, ह्यारीले त विवाह गरेछ नि।”‚ पत्नीलाई बोलाउँदै मोवाइलमा विवाहको फोटो देखाउन खोजे उनले।
‟को ह्यारी हो फेरि, चिन्नु न जान्नुको ? यहाँ आफ्नो जुठोभाँडो सिद्धिएको छैन।हजुरलाई उही मोवाइल छ।खुरुखुरु आफूले हेरे त भैगो नि।अलिकति काम सघाइदिनु त छैन् उल्टो अर्काको काम ढिलाइदिने मेसो।”‚च्याठ्ठिँदै जवाफ फर्काइन् मैनाले।
‟उही के त, ठूलाघरे माइल्दाइको नाति।जे भएपनि हाम्रो पनि नाति नै हो त।उतै विदेशतिरै जन्मियो, उतै हुर्कियो।भेटघाट नभएपनि नाता त छ नि।एकपटक त सानैमा बाबुआमासँग यतै पनि आएको थियो।”,शोभाखरले नाता फार्दै चिनाउन खोजे।
‟जोसँग औपचारिक चिनजानै छैन्।भेटघाट आवतजावत केही छैन्।त्यस्तोलाई पनि के दाजुभाइ भन्नु ? मर्दापर्दा काम लाग्ने, जो निकटस्त छन् जातगोत्रले नाता नभएपनि तिनै दाजुभाइ हुन्।अब समयले दाजुभाइ, नातागोताको परिभाषा पनि बदलिदियो।”,नजिकै बसेर आमाबाबुको गन्थन सुनिरहेको छोरो प्याच्च बोल्यो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology