Logo

२०८३, श्रावण ३०गते


images
images

विजयादशमी टिकाको उत्तम साइत बिहान ११: ०२ मा

विजयादशमी टिकाको उत्तम साइत बिहान ११: ०२ मा

images
  • विजयादशमी टिकाको उत्तम साइत बिहान ११: ०२ मा
    images
    images

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । 

    images
    images
    images

    यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    images
    images
    images

    यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८।२४ बजे शुभ रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।